नेपाल आज ओमानसँग भिड्दै, जिते विश्वकप यात्रा पक्का

काठमाडाैं | असोज २९, २०८२

नेपाल आज ओमानसँग भिड्दै, जिते विश्वकप यात्रा पक्का

काठमाडौं:  आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।


लिग चरणदेखि अपराजित रहेको नेपालले आज ओमानलाई हराउन सके तेस्रो पटक टी–२० विश्वकप यात्रा पक्का गर्नेछ ।


नेपालले यसअघि पहिलो पटक सन् १०२४ मा बङ्गलादेशमा भएको र सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न विश्कप खेलेको थियो । 


ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा राति ८:४५ बजे सुरु हुने खेलमा नेपाल आफ्नो अपराजित यात्रा कारण राख्न चाहन्छ ।


जसले छनोटसँगै उपाधि यात्रा समेत सहज बन्नेछ । ठिक यस्तै ओमान पनि घरेलु मैदानको फाइदा उठाउँदै आफ्नो अपराजित यात्रा कायम राख्ने अभियानमा छ । त्यसैले आजको खेल दुवै टोलीका लागि फाइनल सरह महत्वपूर्ण छ । 


विगतको इतिजा हेर्दा नेपाल ओमानभन्दा बलियो छ । यसअघि दुई टोलीबिच भएको सात भिडन्तमा नेपालले पाँच र ओमानले दुई खेल जितेको छ ।


सुपर सिक्सका अघिल्ला दुई खेलमा अन्तिम ओभरमा पुगेर नतिजा आफ्नो पक्षमा पारेको नेपाललाई ओमानविरुद्ध बलियो आत्मविश्वासको खाँचो छ ।


नेपालले युएई विरुद्ध एक र कतारविरुद्ध पाँच रनको सनसनीपूर्ण जित निकाल्दै आफुलाई बलियो रुपमा प्रस्तुत गरिरहेको छ । त्यसैले ओमानलाई पनि उस्तै हार चखाएर नेपाल आज एक खेल अगावै विश्वकप यात्रा तय गर्न चाहन्छ ।


यसपछि नेपालले अन्तिम तथा चौथो खेल शुक्रबार सामोआसँग खेल्नेछ । सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्